नियम ४९
पुनरावेदन सम्बन्धी व्यवस्था
: (१) कर्जा असुली न्यायाधिकरणले गरेको निर्णयउपर चित्त नबुझ्ने पक्षले निर्णयको प्रतिलिपि प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सहकारी संस्था रहेको क्षेत्रको उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम पुनरावेदन गर्दा कर्जा असुली न्यायाधिकरणले गरेको निर्णयबमोजिम असुलउपर गर्नुपर्ने ठहर भएको रकमको तीस प्रतिशत रकम धरौटीबापत नगदै जम्मा गर्नु पर्नेछ ।